निष्कर्ष
यस श्री भागेश्वर माध्यमिक विद्यालयको चौथर्फि विकासका लागि विभिन्न पक्षलाई समेटेर अगाडि बढनुपर्ने देखिएको छ । विद्यालयको शैक्षिक अवस्थालाई अझै उचाइमा पुर्याउनको लागि विभिन्न शैक्षिक क्रियाकलाप समावेश गरि पढाइ क्रियाकलापलाइ अगाडि बढाउने उदेश्य सहित यो योजना बनाइएको छ । विद्यालयमा शैक्षिक पक्ष सँगै भौतिक पक्षको विकास पनि अति आवश्यक देखिएकाले भौतिक पक्षहरुको विकास पनि गर्नु नै अति आवश्यक देखिएको छ । विद्यार्थीहरुलाई वर्तमान परिवेशको शैक्षिक क्रियाकलापमा समावेश गराउनको लागि अडियो भिजुएल सामग्रीको प्रयोग गरि विद्यार्थी सिकाइ क्रियाकलाप गराइने र विद्यार्थीको पढाइमा अग्रसर गराउनुको लागि विभिन्न किसिमका पुरुस्कारको व्यवस्था पनि कायम गरि पढाइ अगाडि बढाउनुपर्ने छ । कक्षामा सहपाटि शिक्षकको उपस्थितिमा अनुगमन गरि सिकाइ क्रियाकलाप गरेर भावि दिनहरुमा सिकाइ अगाडि बढाइ जिल्लामै एक उत्कृष्ट विद्यालय बनाउने योजना बनाएर योजना बनाएको छ ।