विद्यालय सुधार योजना निर्माण प्रक्रिया

पछिल्लो विद्यालय सुधार योजनाको समीक्षा

पछिल्लो विद्यालय सुधार योजनाको समिक्षा गर्नु पर्दा यो योजना आ.व. २०७४/०७५ देखि २०७८/०७९ सम्मका लागि बनेको योजना थियो । यो योजना समिक्षाको प्रमुख उद्देश्य ५ बर्षे विद्यालय सुधार योजनाको प्रभावकारिताको लेखाजोखा गर्नु रहेको छ । ५ वर्षे समय अवधिमा योजनाका गतिविधिहरु विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्नु तर्फ केन्द्रित रहको थिए ।

लक्ष्य र उद्देश्यहरूको समिक्षा

समिक्षाको प्रथम चरण योजनाको दुरदृष्टि, लक्ष्य तथा उद्देश्यहरुको प्रभावकारिता हेर्नु हो । शैक्षिक कार्यसम्पादन स्तर, पूर्वाधार विकास, विद्यार्थी संग्लग्नता तथा समुदायको सहभागिता जस्ता कुराहहरुले लक्ष्य पुरागर्न के कस्ता भूमिका निर्वाह गरे भनि हेर्नु रहेको छ । शैक्षिक कार्य सम्पादनका दृष्टिले स्तरीकृत परीक्षा लाई विश्लेषण गर्दा राष्ट्रिय उपलब्धि परीक्षणबाट तोकिएको स्तर भेट्न सकेको पाइएन। शिक्षण रणनीति र नियमित मूल्यांकनजस्ता कुराबाट केही हदसम्म सुधार भने पाइएको छ। अझैपनि शैक्षिक स्तर उठाउन, योजनामा पुनरावलोकन गर्नुपर्ने हुन्छ  

पूर्वाधार विकासः विद्यालय सुधार योजना तथा बार्षिक कार्यान्वयन योजनामा उल्लेख भएका पूर्वाधार विकासका कुराहरु लंकामा सुन छ कान मेरा बुच्चै भने जस्तो छ । स्रोत र कार्यान्वयन प्रति सम्बद्ध सरोकारवालाको वेवास्तावाट पूर्वाधार तयार हुन सकेका छैनन् ।  तथापि योजना अवधिमा शुद्ध पिउने पानी ट्यांकी, पुस्तकालय, आइ.सि. टि. ल्याव र सुलभ सौचालयको व्यवस्थापन हुनु सकारात्मक पक्ष हो । विद्यालयको कम्पाउण्ड निर्माण सम्पन्न भएको छ । यद्यपि भएका केही पुर्वाधारका दिगोपनका लागि नियमित मर्मत सम्भारको खाँचो छ ।  

विद्याथी सक्रियताः नियमित पठनपाठनका अतिरिक्त, खेलकुद, सांस्कृतिक कार्यक्रम तथा अन्य पाठ्यान्तर तथा सहक्रियाकलापबाट विद्यार्थीको सक्रिय सहभागिता बढेको छ । विद्यालय सुधार योजनाले बालबालिकाको सहभागिता र पहुँच बढाउन दुनिहरुका लागि विद्यार्थीहरुद्द्वारा नै योजना बनाउने र कार्यान्वयन गर्ने वातावरण सिर्जना गरी २१ औं शताब्दीका लागि आवश्यक सञ्चार सिप, नेतृत्व विकासका अवसर, सिर्जनात्मक सोचाइ तथा सहकार्यत्मिक सिपहरुको विकास दुनै खालका थप क्रियाकलापहरू समावेश गर्नु पर्ने दखिन्छ । 

समुदायको संग्लग्नताः विद्यालयले विद्यालयको विकासमा समुदायको सहभागिता बढाउनु आवश्यक क्रियाकलापहरु निर्धारण गरेता पनि अपेक्षित परिणाम निकाल्न सकेको पाइएन। विद्यालय एक समुदायको अङ्ग भएकाले समुदाय र विद्यालयबिच सम्बन्ध संजाल गहिरो हुनुपर्दछ । स्थानीय समुदायमा कार्यरत सरकारी गैर सरकारी संघ संस्थासँगको सहकार्यमा विद्यालयका विविध पक्षमा सुधार तथा विकास भइरहको र सो लाइ निरन्तरता दिनुपर्ने देखिन्छ । वर्तमानमा रोजगारी तथा कामको संसारको परिवर्तित परिवेशको कारण अभिभावकको विद्यालय प्रतिको आस्था र चाँसो कम हुँदै गइरहेको छ । यो पक्षला सुदृढ गर्न योजनामा आवश्यक पहल गर्नपर्ने देखिन्छ ।   

 

विद्यालय सुधार योजना निर्माण प्रक्रिया 

नेपाल सरकार तथा स्थानीय सरकारले  सामुदायिक विद्यालयहरुबाट नै राष्ट्रका लागि आवश्यक पर्ने ज्ञान, सिप , प्रविधियुक्त मानवमूल्यबाट सुसोभित सभ्य समाजका चालक बालबालिको निर्माण गर्नका लागि राखेको महान लक्ष्य पूरा गर्न सामुदायिक विद्यालयहरुलाइ शैक्षिक हबका रुपमा विकास गर्ने  योजना तर्जुमा गरेको छ । विद्यालय शिक्षा बाटै गुणस्तरीय सिकाई प्रदान गरेर सिप युक्त बालबालिका निर्माण गरी समाज र राष्ट्रलाई योगदान पुर्याउन सक्ने बालबालिकाहरु दुरदराजबाट पनि विकास गर्न सकिन्छ भन्ने मुल लक्ष्यका साथ आम सरोकारवालाहरुको सक्रिय सहभागितामा यस विद्यालयलाइ पनि सिकाइको लागि समुदायकै उत्कृष्ट विद्यालय बनाउनु पर्ने आवश्यक देखिन्छ । विद्यालय सुधार योजना निर्माण कायदल, सल्लाहकार समिति, बुद्धिजिवी एवम् शिक्षा प्रेमीसहितको संयुक्त बैठकमा सामुहिक छलफल र परामर्शद्धारा विद्यालय सुधार योजना निर्माण तथा मस्यौदा तयारीका लागि तपसिलका सदस्यहरु रहेको कार्यदल गठन गरिएको थियो ।

तपसिल

                    १. रमेश कुमार पाल                                     संयोजक                         (नि. प्र.अ.)

        २. नरबहादुर साँकी                                      सदस्य                            (वि.व्य.स. अध्यक्ष)

        ३. लोक बहादुर पाल                                    सदस्य                            (सि.अ.स. अध्यक्ष)

                      ४. श्याम साँकी                                       सदस्य                            (शिक्षा प्रेमी)

        ५. कृष्ण बहादुर झुकाल                                 सदस्य                           (शिक्षक प्रतिनिधी)