हाम्रो भनाई
बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रविधिमैत्री, सिर्जनात्मक तथा जीवनोपयोगी शिक्षासहितको उत्कृष्ट सिकाइकेन्द्रको रुपमा परिचित गराउने” दुरदृष्टि लिएको यस विद्यालयको आवधिक विद्यालय सुधार योजना (२०८०–२०८५) को सफलता कार्यान्वयनमा निर्भर गर्दछ । सिकाइ निरन्तर र प्राकृतिक प्रक्रिया हो । यो औपचारिक (Formal), अनौपचारिक (Non-formal) वा अनियमित (Informal) गरी तीन प्रकृतिका हुन्छ । वातावरणीय अन्तरक्रिया वा अवलोकनका माध्यमबाट हने स्वाभाविक सिकाइ अनियमित सिकाइ हो भने निश्चित उद्देश्यका लागि लचिलो कार्यक्रम वा ढाँचा (जस्तैः प्रौढ शिक्षा कार्यक्रम) मार्फत प्राप्त हुने सिकाइ अनौपचारिक सिकाइ हो । विद्यालय वा विश्वविद्यालयमा प्रदान गरिने सिकाइ औपचारिक सिकाइ हो । औपचारिक शिक्षामा हुने सिकाइ भने नियन्त्रित र निर्देशित सिकाइ हो । यहाँ विद्यार्थीहरुले तोकिएको पाठ्यक्रम बमोजिमका सिकाइ उपलब्धि हासिल गर्ने अपेक्षा राखिएका हुन्छ । तसर्थ, सिकाइ उपलब्धि सम्पर्ण सिकाइ पक्रियाको अन्तिम उत्पादन हो ।
सुदूर पश्चिपश्चम प्रदेश अन्तर्गत पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ८ मा अवस्थित यस श्री भागेश्वर माध्यमिक विद्यालय टाँटरमा समन्यायिक पहुँच सुनिश्चित गर्न र शिक्षाको गुणस्तर अभिवृद्धि एवम संस्थागत सक्षमता अभिवृद्धि गरी विद्यालयको चौतर्फी विकासका लागि यो पञ्चवर्षीय अध्यावधिक विद्यालय सुधार योजना तयार गरी कार्यान्वयन गर्न लागिएको हो । यस योजनाले विद्यालयलाई यस क्षेत्रको एक उत्कृष्ट सिकाइ केन्द्रको रुपमा विकास गर्नका लागि महत्वपूर्ण साधनको भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ । यस विद्यालय सुधार योजनाको मर्म शिक्षामा पहुँच (Access) वृद्धि गर्न, स्थानीय आवश्यकतालाई सम्बोधन गर्नु , स्थानीय अपनत्व (Local Ownership) सिर्जना गनु, समावेशिता र सहभागितामूलक कार्यप्रणालीलाई संस्थागत गर्नु, लागत साझदारी (Cost sharing) गर्नु , केन्द्रीय प्रणाली (Centralized System) मार्फत गर्न असम्भव हुने शैक्षिक प्रशासन व्यवस्थित गर्नु तथा कार्यदक्षता र गुणस्तर (Efficiency and Quality) बढाउनु रहेको छ । स्थानीय सरकारले विद्यालय सुशासनका लागि आफ्नो भूमिका सहजकर्ता (Facilitator) , सबल (Enabler), रेफ्री (Referee), उत्प्रेरक (Catalyst), नियामक (Regulator) र अभिभावकीय (Guardian) बनाउनुपर्छ ।
औपचारिक शिक्षामा सिकाइका लागि निश्चित लगानी (Input) हुन्छन् । शिक्षक, विद्यार्थी, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, कक्षाकोठा, खेलमैदान इत्यादि सबै सिकाइका लागि लगानी हन् । यस प्रकारका लगानीलाई उपयोग गरेर दैनिक शिक्षण सिकाइका कार्यक्रम सञ्चालन गर्नु, विद्यालयका विभिन्न निर्णय गर्नु, परीक्षा लिनु जस्ता कार्यहरु प्रक्रिया भित्र पर्दछन् । विद्यालयका यी सबै प्रक्रियाको मुख्य र अन्तिम उत्पादन भनेको विद्यार्थीको सिकाइ उपलब्धि नै हो । विद्यालयमा हुने सम्पूर्ण लगानी र प्रक्रियाको अन्तिम लक्ष्य भनेकै विद्यार्थीको सिकाइ हो । तसर्थ, शिक्षक, विद्यालय र सम्पूर्ण शिक्षा नीति र लगानीको सफलता अधिकतम विद्यार्थीहरुले तोकिएका सिकाइ उपलब्धि हासिल गर्न सके सकेनन् भन्ने कुराको आधार मै निर्धारण गरिन्छ । अकोतर्फ योजनाले SESP (२०२१–२०३०) र SDG को लक्ष्य नं. ४ ले निर्देशित गरेका कुराहरुलाई समेट्ने प्रयास गरेको छ
विद्यालय सुधार योजना निर्माणका लागि सुझाब प्रदान गर्नुहुने यस विद्यालयका शिक्षकज्यूहरु, प्रधानाध्यापक ज्यू, वि.व्य.स. पदाधिकारी ज्यूहरु, शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरु, अमरगढी नगरपालिकाका शिक्षा अधिकृत हेमन्त राज पन्त ज्यू , तथा सुझाब प्रदान गर्नुहुने सबैमा धन्यवाद । त्यसगरी विद्यालय सुधार योजना विकास प्रकियामा निरन्तर सक्रिय हुने यस विद्यालयका सहायक प्रधानाध्यापक श्री रमेश कुमार पाल लगायत अन्य सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
योजनाको सारांश
विद्यालय सुधार योजना एक सुक्ष्म योजना भएकाले यसको मोडल विकेन्द्रित प्रकृतिको हुन्छ । विकेन्द्रित विद्यालय शासनमा विद्यालय शिक्षाको प्रशासन चार तहमा सञ्चालन हुन्छ । पहिलो, विद्यालय शासन जहाँ प्रत्येक विद्यालयका लागि जिम्मेवारी सहित प्रधानाध्यापक र निज मातहतका व्यावसायिक समूह (Professional Team) नियुक्त गरिएको हुन्छ । उनीहरूमा कानुनी र पेशागत जिम्मेवारी रहन्छ । दोस्रो, स्थानीय तह जसले पहिलो तहलाई नियन्त्रण र सहजीकरण गर्छ । तेस्रो, प्रदेश तह जसले स्थानीय तहको आवश्यकताबमोजिम प्राविधिक सहयोग र समन्वय गर्छ । चौँथो, राष्ट्रिय सरकार जसले धेरै सङ्ख्यामा व्यवस्थापिकाद्वारा निमित कानुनद्वारा विद्यालय, स्थानीय तह, प्रदेश तहलाइ प्रभावित पार्छ । यसरी हेर्दा विद्यालय सुधार योजनाले विद्यालय शासनका आयामहरुलाई समेटेको छ ।
भनिन्छ, यदि तिमि योजना बनाउन असफल छौ भने, निश्चितरूपमा तिमि असफलताको योजना बनाइरहेका छौ। योजना प्रक्रिया विगतका राम्रा र असल अभ्यासबाट सिक्दै भविश्यको सुन्दर परिदृष्यका लागि वर्तमानमा पहल लिने प्रक्रिया हो । योजना गन्तव्यमा पुग्नका लागि तय गरिएको बाटो हो । विद्यालय तहमा बनाइने शुक्ष्म योजना नै विद्यालय सुधार योजना हो । यो एक आवधिक योजना हो । यो रणनीतिक र लक्ष्य केन्द्रित हुन्छ ।
प्रस्तुत योजना श्री भागेश्वर मा.वि. टाँटरको शैक्षिक सुधारका विसद योजना हो। आ.व. २०८०।०८१ लाइ आधार वर्ष मानि आ.व. २०८४।०८५ सम्म रहने ५ बर्षे योजना भएकाले विद्यालय ५ वर्षमा कहाँ पुग्ने भन्ने कुरा निर्दिष्ट गर्न हालको अवस्था विश्लेषण गर्नुपर्ने हुन्छ । तसर्थ यो योजनाका ५ वटा महत्वपूण खण्डहरु रहेका छन । प्रथम खण्डमा विद्यालयको परिचय रहेको छ । जसमा विद्यालयको स्थापना कालदेखि हालसम्मका अवस्था झल्काउने ऐतिहासिक पृष्ठभुमि रहेको छ भने जसमा विद्यालयको भौगोलिक अवस्थिति, विद्यालयले प्रवाह गर्ने शैक्षिक सेवा किटान गरेका सेवा क्षत्रका जनसांख्यिकीय बनोट, सांस्कृति, शैक्षिक अवस्था आदि पक्षको विवेचना गरिएको छ । त्यस गरी विद्यालयले प्रारम्भमा प्राथमिक शिक्षा प्रदान गर्दै हाल कक्षा १२ सम्मका शिक्षा प्रदान गर्दै आइरहको छ । योजनाको दोस्रो खण्डमा विद्यालय सुधार योजना निमार्ण प्रक्रिया उल्लेख छ । यो योजना निर्माणका लागि शिक्षक कर्मचारी बैठक, वि.व्य. स.शि.अ.सं. तथा अन्य सरोकारवालासँगको निरन्तर अन्तरक्रिया विद्यालय सुधार योजनाले मूर्तरूप लिएको छ । तेस्रो खण्डमा विद्यालयका विद्यमान अवस्था विश्लेषण गरिएको छ । अवस्था विश्लषणलाइ वस्तुनिष्ठ र तथ्यपरक पार्न निर्धारित सुचकको सहायता बाट विश्लेषण र प्रस्तुती गरिएको छ । ९ वटा सूचकहरूबाट प्राप्त सूचनाबाट विद्यालयको समस्याहरु पहिचान गरिएको छ । समस्या समाधानका उपयुक्त विकल्पको छनोट गरी प्राथमिकीकरण गर्ने कार्यसमेत योजनामा रहेको छ । योजनाको चौथो र महत्वपूर्ण खण्ड चाँही योजना निर्माण खण्ड हो, यसमा विद्यालयको दूरदृष्टि, ध्येय, उद्देश्यको स्पष्ट किटानी गरिएको छ । आवश्यकताको पहिचान, बर्गिकरण र प्राथमिकीकरण कार्यलाई विस्तृतरुपमा प्रस्तुत गरिएको छ । कार्यक्रमलाई साधन स्रोत, जनशक्ति व्यवस्थापन र निरन्तरता जस्ता कुरालाई मध्यनजर गरी चक्रिय योजनाका (Rolling plan) रूपमा ५ वर्षका लागि निर्धारण गरिएको छ । अन्तिम तथा पाँचौ खण्डमा पहिलो वर्षको वार्षिक कार्यान्वयन योजनाको खाका प्रस्तुत गरिएको छ । जसमा पहिलो वर्षमा सम्पन्न गरिने कार्यक्रमहरु र सो को लागि अनुमानित खर्चको आँकलन गरिएको छ । त्यसैगरी योजनाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन प्रणाली र प्रकृया समेत उल्लेख गरिएकाले यो विद्यालय सुधार योजनाको समग्रपक्षहरु गुणस्तरीय शिक्षा हासिल गराउनतर्फ केन्द्रित रहेको छ । योजना निर्माणका लागि प्रयोग गरिएका आवश्यक स्रोत, साधन तथा अध्ययन सामग्रीहरु अनुसूचीमा राखिएको छ ।